×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खल्तीले ल्यायो खल्ती पेमेन्ट गेटवेमा ५० प्रतिशत क्यासब्याक साथै अन्य सुविधाहरु

PRIME CA

खल्तीले ल्यायो खल्ती पेमेन्ट गेटवेमा ५० प्रतिशत क्यासब्याक साथै अन्य सुविधाहरु

२७ चैत्र २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । खल्तीले साना तथा मझयौला व्यवसाय भएकाहरुलाई खल्ती पेमेन्ट गेटवे मार्फत आफ्नो व्यापार डिजिटल रूपमा बढाउन मद्दत गर्नका लागि अफर ल्याएको छ । ‘स्मार्ट उद्यमी’ नामक यस अफरमा खल्ती पेमेन्ट गेटवे सेवा सँग एकीकृत गरी एपीआई शुल्कमा ५० प्रतिशत क्यासब्याक, नि:शुल्क क्विक लिंक पेमेन्ट र एक वर्षको नि:शुल्क एसएमएस प्यानल प्राप्त गर्न सकिने छ ।

खल्ती पेमेन्ट गेटवेले व्यवसायहरूलाई आफ्ना ग्राहकहरूबाट सुरक्षित र प्रभावकारी रूपमा आफ्नै वेबसाइट र एपहरूमार्फत भुक्तानीहरू स्वीकार गर्न अनुमति दिन्छ । खल्तीको SDK/API मार्फत, व्यवसायहरूले खल्ती वालेट, इ-बैंकिङ, मोबाइल बैंकिङ, SCT र VISA/Master कार्ड, र Connect IPS जस्ता विभिन्न माध्यमहरूबाट भुक्तानीहरू स्वीकार गर्न सकिने छ ।

खल्तीको ‘स्मार्ट उद्यमी’ अफरहरू यस प्रकार छन् :
● व्यवसायहरूको पेमेन्ट गेटवे API शुल्कमा ५० प्रतिशत क्यासब्याक अर्थात रु. १०,००० प्राप्त हुने
● एक वर्षको लागि निःशुल्क SMS प्यानल
● लेनदेन शुल्कमा ३३ प्रतिशत छुट
● क्विक लिङ्क भुक्तानीको पहिलो वर्षको वार्षिक शुल्कमा १०० % छुट
● कर्पोरेट बिलहरुका लागि उद्यम खाता (इन्टरप्राइस खाता)

हालै खल्तीले ‘क्विक लिंक पेमेन्ट’ को नयाँ सेवा पनि सुरु गरेको छ जसले व्यापारीहरूलाई आफ्ना ग्राहकहरूलाई डिजिटल बिल बनाई छिट्टै भुक्तानी प्राप्त गर्न अनुमति दिन्छ । स्मार्ट उद्यमीको अफर अन्तर्गत यस सेवालाई एक वर्षसम्म बिना कुनै शुल्क प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

उक्त अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘डिजिटल रूपमा विकसित रहन हामीसबै प्रकारका व्यवसायहरूलाई सशक्त बनाउनमा लागि परेका छौं र हामीले यो ‘स्मार्ट उद्यमी’ प्रस्तावलाई फेरि ल्याई व्यवसायहरूलाई त्यो लक्ष्यतर्फ प्रोत्साहित गर्न चाहान्छौं । साथै, हामी डिजिटल वालेट सेवाहरू मार्फत व्यवसायलाई उत्कृष्ट पेमेन्ट गेटवे प्रदान गर्न प्रतिबद्ध छौं ।’

खल्तीले सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: