Skip to content
LAXMI SUNRISE BANK

किसान लघुवित्तद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बलिया,कैलालीले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

शाखा कार्यालय बलिया,कैलालीले आयोजना गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका २१० वटा केन्द्रहरुका केन्द्र प्रमुख तथा सदस्यहरुले सहभागी जनाएका थिए । उक्त कार्यक्रममा संस्थाका शेयर सदस्य तथा लम्की चुहा न.पा.का नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सुशिला शाही ,लम्की चुहा न.पा. वडा नं.१ का वडा अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि नेत्र प्रसाद खनाल, केन्द्रीय कार्यालयको तर्फबाट कर्जा असुली तथा जोखिम व्यवस्थापन प्रमुख टीकाराम उपाध्याय, क्षेत्रीय प्रमुख प्रेम बहादुर थापाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विभिन्न भिडियो सामाग्री, प्रस्तुतिकरण तथा छलफल गरिएको थियो भने ग्राहक सदस्यहरुले वित्तीय संस्थाको सेवा सुविधाहरुको बारेमा आफ्ना धारणा तथा जिज्ञासाहरु राखेका थिए । कार्यक्रमको सभापतित्व उक्त शाखाका शाखा प्रबन्धक अक्कल बहादुर शाहीले गरेका थिए भने कार्यक्रम सञ्चालन शाखाका कर्मचारी नकेन्द्र न्यौपानेले गरेका थिए ।

उक्त कार्यक्रममा शाखाका सबै कर्मचारीहरुको सहभागीतामा कर्जा असुली तथा जोखिम व्यवस्थापन प्रमुख र क्षेत्रीय प्रबन्धकले वित्तीय साक्षरता सम्बन्धि र केन्द्रका पदाधिकारीहरुको काम, कर्तब्य तथा जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए । सहभागी सदस्यहरुमध्ये ४ वटा उत्कृष्ट केन्द्र र ७ वटा संस्थको कारोबारमा नियमित गरेर आफ्नो आर्थिक सम्वृद्धि गर्ने ऋणी सदस्यहरुलाई सम्मान गरि संस्थाको हालसम्मको प्रगति विवरणको बारेमा सबैलाई जानकारी गराई कार्यक्रम सम्पन्न भएको थियो ।

संस्थामा हालसम्म ९,३५२ वटा केन्द्र १,१८,०९३ जना सदस्यहरु आवद्ध भई कर्जा तथा बचत कारोबार गरिरहेका छन भने संस्थाले हालसम्म १३७ वटा शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK