×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘१५% मुलुक ऋण संकटमा पर्दा ४५% जोखिमसँग लडिरहेका छन्, यसवर्ष आर्थिक वृद्धिदर ३% भन्दा तल झर्न सक्छ’- जर्जिभा

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिभाले विश्वका लगभग सबै विकसित अर्थतन्त्रमा जारी मन्दीका कारण यस वर्ष विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने चेतावनी दिएकी छिन् ।

आईएमएफ र विश्व बैंकको बसन्त बैठकअघि तयार पारेको रिपोर्टबारे जानकारी दिँदै जर्जिभाले बढ्दो भूराजनीतिक तनाव र अझै पनि उच्च मुद्रास्फीतिको साथ, एक मजबूत सुधार असम्भव भएको बताएकी हुन् । ‘विशेष गरी सबैभन्दा कमजोर व्यक्ति र देशहरूका लागि आर्थिक वृद्धिको यो तथ्याङ्कले सबैको सम्भावनालाई हानि पुर्याउँछ ।’- उनले थपिन् ।

रूसले युक्रेनमाथि गरेको आक्रमणको असरले विश्व अर्थतन्त्रमा तरङ्ग ल्याउँदा गत वर्ष विश्वको आर्थिक वृद्धिदर झण्डै आधा घटेर ३.४ प्रतिशतमा झरेको थियो । एसियाका उदीयमान बजारहरूले आर्थिक उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । भारत र चीनले यस वर्षको सबै वृद्धिको आधा हिस्सा ओगट्ने अनुमान गरेका छन् । तर विश्वका ९० प्रतिशत विकसित अर्थव्यवस्थाहरूको लागि अपेक्षित मन्दीले आर्थिक वृद्धिको सुखद् खबरलाई पछि पार्ने देखिएको छ ।

त्यस्तै, जर्जिभाले आगामी आधा दशकमा विश्वको आर्थिक वृद्धिदर करिब तीन प्रतिशत रहने र यो सन् १९९० को दशकयताकै सबैभन्दा कम मध्यम अवधिको प्रक्षेपण भएको उल्लेख गरेकी छिन् ।
‘निकट र मध्यावधि दुवैमा ऐतिहासिक तुलनाका आधारमा आर्थिक वृद्धि दर कमजोर रहेको छ ।’, उनले भनिन्, ‘कम आय भएका देशहरूले उच्च ऋण लागत र उनीहरूको निर्यातको मागमा आएको गिरावटका कारण दोहोरो झट्का भोग्ने अपेक्षा गरिएको छ, जसले गरिबी र भोकमरी बढाउन सक्छ ।’

योसँगै कम आय भएका करिब १५ प्रतिशत मुलुक पहिलेदेखि नै ऋण सङ्कटमा छन् र अन्य ४५ प्रतिशतले उच्च ऋण जोखिमको सामना गरिरहेको समेत जर्जिभाको भनाई रहेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: