×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फुटपाथ मिचेर बनाइएको प्रहरी बिटमा महानगरले डोजर चलायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क क्षेत्रमा फुटपाथ मिचेर बनाइएका संरचना हटाएको छ । मंगलबार महानगरले फुटपाथ क्षेत्र खाली गर्न डोजर लगाएरै अनाधिकृत संरचना हटाएको हो ।

फुटपाथ खाली गर्ने क्रममा महानगरले पुरानो बसपार्क क्षेत्रमा रहेको अस्थायी प्रहरी बिट समेत भत्काएको छ । महानगरले काठमाडौंको भ्यू टावर नजिक रहेको पुरानो बसपार्कस्थित सडक पेटीको उक्त बिट हटाएको हो । पुरानो बसपार्क क्षेत्रमा रहेको उक्त बिटले सडक र पेटीमा असर गरेकाले त्यस्ता बिट योजनाअनुसार नै हटाइएको महानगरले जनाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: