काठमाडौं । कुमारी बैंक लिमिटेड र सेलट्रोन नेपाल प्रालिबीच सम्झौता भएको छ । उक्त सम्झौतासँगै बैंकका क्रेडिट कार्डवाहकहरूले सेलट्रोन नेपालबाट अनर ब्राण्डका मोबाईल फोनहरू खरिद गरी त्यसको भुक्तानी मासिक किस्तामा सजिलै तिर्न सक्नेछन् ।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त बैंकले यस सहकार्यमार्फत सेलट्रोन नेपालमा पाइने अनर ब्राण्डका विभिन्न मोबाईल फोनहरूको भुक्तानी आफ्नो क्रेडिट कार्डमार्फत गर्न मिल्ने व्यवस्था गरेको हो ।
बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्