×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्योदय वोमी लघुवित्तद्वारा एक दिने वित्तीय साक्षरता तथा च्याउ खेती तालिम सम्पन्न

PRIME CA
GLOBAL IME BANK

सूर्योदय वोमी लघुवित्तद्वारा एक दिने वित्तीय साक्षरता तथा च्याउ खेती तालिम सम्पन्न

२९ चैत्र २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय करापुटार लमजुङले समूहमा आबद्ध सदस्य महिलाका लागि च्याउ खेती सम्बन्धी तालिम संचालन गरेको छ । उक्त संस्थाले आफ्नो कार्यक्षेत्रमा पर्ने समूहका सदस्यहरु उद्यमी बनाउने उद्देश्यले एक दिने तालिम संचालन गरेको हो ।

संस्थाका शाखा प्रबन्धक देबेन्द्र लम्सालका अनुसार मध्यनेपाल नगरपालिका वडा नं. ७ करापुटार स्थित तामाङ सेवा समाज भवनमा भएको तालिममा १०२ जनाको उपस्तिथि रहेको थियो । संस्थाबाट ऋण लिएका महिलालाई उद्यमी बनाएर आयआर्जन गर्नका लागि तालिम प्रदान गरिएको प्रबन्धक देबेन्द्र लम्सालले बताएका छन् ।

तालिमको कार्यक्रम संचालन शाखा कार्यलय करापुटारका शाखा प्रबन्धक देबेन्द्र लम्सालले गरेका थिए भने केन्द्र न.१०० डडुवा महिला समुहकि सदस्य राज कुमारी गुरुङको अध्यक्षतामा र मध्यनेपाल नगर पालिका वडा न. ०७ का वडा सदस्य तेज तामाङले तालिमको उद्धघाटन गरेका थिए । तालिमको प्रशिक्षण प्रशिक्षक नारायण प्रसाद पौडेलले गरेका थिए ।

पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा धेरै महिलाहरु समस्यामा परेका बेला उद्यमशिलता विकासका लागि तालिम मार्फत सीप प्रदान गर्न संस्थाले पहल गरेको शाखा प्रबन्धक लम्सालले बताए ।

यसैबीच तालिमका सहभागि सदस्यहरुले बोल्दै सीप सिकेपछि लिएको कर्जा मार्फत आय आर्जन गर्न सहयोग पुग्ने र सस्थाले अझ बढी यस्ता तालिमहरु आयोजना गरेको खण्डमा सत प्रतीशत ऋणि हरुको आर्थिक स्तर माथी उठ्ने बताएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: