×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी केयर्सको सांगीतिक कार्यक्रममा उत्साहजनक सहभागिता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लक्ष्मी केयर्सको सांगीतिक कार्यक्रममा उत्साहजनक सहभागिता

Artha Sarokar

२७ चैत्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित गैर नाफमूलक संस्था लक्ष्मी केयर्सले अरेन्ज भाइब्स नामक सांगीतिक कार्यक्रम आयोजना गरेको छ ।

गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित उक्त कार्यक्रममा दिपक बज्राचार्य र रिद्म ब्याण्डको सांगितिक प्रस्तुतिका साथसाथै नेपालका विभिन्न स्थान तथा संस्कृतिको प्रतिनिधित्व गर्ने मौलिक परिकार प्रस्तुत गरिएको थियो । कार्यक्रमको विशेष अतिथिस्वरुप प्रख्यात सेफ सन्तोष साहको समेत उपस्थिति रहेको थियो । विभिन्न पेशा तथा व्यवसायमा संलग्न करिब लक्ष्मी केयर्सका १,२०० भन्दा बढी हितैषिको उपस्थिति रहेको थियो ।

साथै, कार्यक्रमबाट संकलित रकम लक्ष्मी केयर्सको वातावरण संरक्षण तथा नविकरणीय उर्जा प्रवर्द्धन लगायतका विविध सामाजिक कार्यमा उपयोग हुने जनाइएको छ । यसअघि लक्ष्मी केयर्सले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली-सिंहदरबार सडक, बाराको गढिमाइ मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्य बत्ती जडान गर्नुका साथै देशभर विभिन्न स्थानमा वृक्षरोपण गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी