×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

Artha Sarokar

३ बैशाख २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाठौं । महालक्ष्मी विकास बैंकले विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । बैंकको विभिन्न शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका हुन् ।

बैंकको बानेश्वर शाखले काठमाडौं महानगरपालिका वडा नं ३२, सुविधानगरमा अवस्थित तिनकुने टोल सुधार समितिलाई ५० थान डस्टविन हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिका वडा नं ३२ भित्रको फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाडौं बनाउन मद्दत पर्याउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो । बानेश्वर शाखाका प्रमुख विकास रावलले तिनकुने टोल सुधार समितिका अध्यक्ष विश्वराज कार्कीलाई उक्त बराबरको सामाग्री हस्तान्तरण गरेका हुन् ।त्यसैगरि बैंकको वीरगंज शाखाले अलखिया मठ संचालक समितिलाई खानेपानीको ट्याङ्की तथा डस्टविन हस्तान्तरण गरेको छ । अलखिया मठमा दर्शन गर्न आउने दर्शनार्थी तथा भक्तजनहरुका लागि खानेपानीको आवश्यकता परिपुर्ति गर्ने हेतुले बैंकले समितिलाई उक्त सहयोग गरेको हो । वीरगंज शाखाका प्रमुख पुरुषोत्तम अधिकारीले अलखिया मठ संचालक समितिका अध्यक्ष सुपेन्द्र बहादुर श्रेष्ठलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

उल्लेखित कार्यक्रम सँगसगै बैकको बिचबजार-धादिङ्ग शाखाले निलकण्ठ नगरपालिका वडा नं ७ मा अवस्थित कर्णेश्वर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्री हस्तान्तरण गरेको छ । विद्यालयमा अध्ययनरत गरीब, तथा न्यून आयस्रोत भएका परिवारका बालबालिकाहरु मध्येबाट गरीब तथा जेहेन्दार पाँच जना विद्यार्थीहरुलाई शैक्षिक आवश्यकता पुरा गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैंकले उक्त छात्रवृत्री प्रदान गरेको हो । बिचबजार-धादिङ्ग शाखाका प्रमुख खिल प्रसाद सिलवालले विद्यालयका प्रधानाध्यापक विष्णुहरी अधिकारीलाई छात्रवृत्री बराबरको रकमको चेक हस्तान्तरण गरेका हुन् । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी