×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा मानुषी लघुवित्त वित्तीय संस्थाको वार्षिक केन्द्र प्रमुख गोष्ठी सम्पन्न

PRIME CA
GLOBAL IME BANK

उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा मानुषी लघुवित्त वित्तीय संस्थाको वार्षिक केन्द्र प्रमुख गोष्ठी सम्पन्न

३० चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मानुषी लघुवित्तले बुधबार वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तका अध्यक्ष पद्माशना शाक्यले सभापतित्व गरेको कार्यक्रममा प्रमुख अतिथि काठमाण्डौ महानगरका उपप्रमुख सुनिता डंगोलले पानसमा बत्ति बालेर कार्यक्रमको सुभारम्भ गरेकि हुन् । संस्थाको प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य राख्ने क्रममा संस्थाको विगत र वर्तमान अवस्था बारे प्रकाश पारिन् ।

कार्यक्रममा प्रमुख अतिथि डंगोलले महिला सशक्तिकरणमा लघुवित्तले खेलेको भूमिकाको तारिफ गर्नुका साथै महिला उद्यमशिलताको विकासको लागि महानगरले गृहकार्य गरिरहेको बताइन् । विद्यमान लघुवित्तको समस्या र त्यसको समाधानको विषयमा कार्यक्रमका वक्ताहरुले बोलेका थिए । लघुवित्तको कालिमाटी शाखाले उक्त कार्यक्रम आयोजना गरेको हो ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको संस्था हो । २०७५ साल मंसीर १ गते स्थापना भएको लघुवित्तले देशभर १४ जिल्लामा ३६ शाखामार्फत  ३४,४३२ सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको तथा संस्थामा १३२ कर्मचारी कार्यरत रहेको जानकारी कार्यक्रममा दिइयो ।

आजसम्म संस्थाले ८४ करोड ८६ लाख बचत संकलन गरि १ अर्ब ५२ करोड लगानी गरेको छ । कार्यक्रममा उपस्थित केन्द्र प्रमुखहरुलाई दुई समुहमा विभाजन गरि लघुवित्तमा विद्यमान समस्या र समाधानका विषयमा छलफल चलाइएको थियो । गत वर्ष उत्कृष्ट कार्य गर्न सफल ३ केन्द्रलाई पुरस्कृत गरिएको कार्यक्रममा केहि सदस्यले आफ्ना सफलताका कथा समेत सुनाएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: