काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा सम्पन्न भएको छ । लघुवित्तको विशेष साधारण सभा बैशाख १० गते काभ्रेपलान्चोकको धुलिखेल स्थित होटल सारथीमा सम्पन्न भएको हो ।
सभाले मिर्मिरे लघुवित्त वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्नेगाभिने सम्बन्धी विशेष प्रस्तावहरुलाई पारित गरेको छ । त्यस्तै
एक आपसमा गाभिए पश्चात बन्ने एकीकृत संस्थाको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड हुने, तथा संस्थाको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको वनेपा नगरपालिका –१३ मा रहने, कर्पोरेट कार्यालय काठमाडौँ र ललितपुर महानगरपालिका बाहेक काठमाडौँ उपत्यका भित्र रहने गरी प्रस्ताव सभाबाट पारित भएको छ ।
दुबै संस्थाको शेयर स्वाप अनुपात १ः१ कायम गर्ने, एक आपसमा गाभ्नेगाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम सम्झौतापत्र, सहमतिपत्र तथा अन्य भए गरेका मर्जर सम्बन्धी सम्झौताहरूको अनुमोदन गर्ने सभाले पारित गरेको छ ।
यस्तै चलअचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन तयार गर्नका लागि नियुक्त लेखापरीक्षक, मुल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन, एक आपसमा गाभ्नेगाभिने प्रयोजनको लागि बाँकी काम कार्य प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्