×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भेटियो नेपाली नक्कली नोट बनाउने कारखाना, कसरी चिन्ने सक्कली र नक्कली ? (भिडियोसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार

PRIME CA
laxmi sunrise bank

भेटियो नेपाली नक्कली नोट बनाउने कारखाना, कसरी चिन्ने सक्कली र नक्कली ? (भिडियोसहित)

काठमाडौं । साढे ७ लाख बढी नक्कली नेपाली नोटसहित एक महिला प्रक्राउ परेकी छिन् । नक्कली नोट राखेको भन्ने शंकाका आधारमा खोजतलास गर्दा धनुषाको विदेह नगरपालिका–६ बस्ने २५ वर्षीया अनुकुमारी साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार साहलाई ७ लाख ७१ हजार ५ सय बराबरको नक्कली नोटसहित नियन्त्रणमा लिइएको हो । उनको साथबाट एक हजार दरको नक्कली नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको छ । जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उनको झोलाबाट नक्कली नोट बरामद गरिएको हो ।

अनुसन्धानको क्रममा नक्कली नोटको कारोवारमा थप व्यक्तिको संलग्नता समेत रहेको बुझिएपछि धनुषा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाएको छ ।

कसरी चिन्ने नक्कली नोट ?
नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले छुट्याउन धेरै गाह्रो हुँदैन । सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन् । छाम्दाखेरि चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो। सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ । नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।नक्कली नोटका कारोबारीहरुलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: