×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जब्बोर कायुमोभ बने एनसेलको नयाँ सीईओ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जब्बोर कायुमोभ बने एनसेलको नयाँ सीईओ

Artha Sarokar

२६ चैत्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनसेल आजियाटा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जब्बोर कायुमोभ नियुक्त भएका छन् ।

विगत १५ वर्षभन्दा बढी समय दूरसञ्चार उद्योगका विभिन्न कम्पनीमा उच्च पदमा रहेर काम गरेका कायुमोभ मे १० बाट एनसेलमा सीईओको कार्यभार सम्हाल्ने गरी नियुक्त भएका हुन् । यसअघि कम्पनीका सीईओ एन्डी चोङ रहेका थिए । उनी अहिले एनसेलको अभिभावक कम्पनी आजियाटा ग्रुपको चिफ कर्पोरेट अफिसर (सीसीओ)का रूपमा नियुक्त भएका छन् ।

एनसेलमा रही ६ वर्ष काम गरेका चोङले सन् २०१९ मा एनसेलको सीईओको रुपमा काम सुरु गरेका थिए । यो भन्दा अगाडि उनले कम्पनीको चिफ कमर्शीयल अफिसरका रुपमा काम गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी