×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

बर्षौंपछि म्याक्सको साथ छोडेको एनसेलले एक बर्षमै छोड्यो आउटरिच नेपाल, ३ विज्ञापन एजेन्सीलाई तोकियो काम

BIZBAZAR
काठमाडौँ । लामो समय म्याक्स मिडियासँग बिज्ञापन प्रकाशन / प्रशारणका लागि एजेन्सी-क्लाइण्टका रुपमा काम गरेर त्यसपछि आउट रिच नेपालसँग सहकार्य गर्न गएको एनसेलले एक बर्षमै आउटरिच नेपालसँगको सम्बन्ध तोडेको छ । सोचेअनुसार काम नभएको र एजेन्सीका कर्मचारीले संचारमाध्यमका साहुहरुलाई नै थर्काएको विषयमा पटक पटक गुनासो पुगेपछि एनसेलले आउटरिच नेपालसँग सहकार्य नगर्ने र थप ३ एजेन्सीहरु छान्ने गरी बिडिङ प्रक्रिया थाल्नेगरी निर्णय गरेको थियो । यसै अनुसार विभिन्न विज्ञापन एजेन्सीहरुले एनसेलको काममा बिड गरेका थिए ।
एनसेलका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार आउटरिचलाई सो बिड प्रक्रियामा सहभागीता नै गराइएको थिएन । ‘हामीले आउटरिच नेपालसँग सहकार्य तोड्नेगरी नै नयाँ बिडिङ गरेका थियौं । यो तथ्य थाहा पाएर नै होला, आउटरिच नेपालले सो प्रक्रियामा सहभागी नै भएन ।’ ती अधिकारीका अनुसार अहिले एनसेलका लागि ३ एजेन्सीहरु छानिएका छन् । एडि रिलिज, अभानी एडभरटाइजिङ र एएनएस को. छानिएका छन् ।
‘लामो समय म्याक्स मिडियासँग काम गरियो । म्याक्सको काम चित्तबुझ्दो नै थियो, तर अप्सन पनि राख्नुपर्छ भनेर हामीले आउटरिच नेपालसँग सहकार्य गर्ने निर्णय गरेका थियौँ । तर आउटरिचको काम सन्तोषजनक नभएपछि हामीले थप ३ एजेन्सीलाई विकल्पमा राखेर काम गर्ने निर्णय गरेका छौँ ।’ एनसेलका ती अधिकारीले भने -‘अवको केहि दिनमा एनसेलको नयाँ काम नयाँ एजेन्सीहरुले गर्नेछन् ।’
एनसेल र मिडियाबीच सम्बन्ध सुधारका लागि पटक पटक कुराकानी भए पनि आउटरिच नेपालका कर्मचारी सुजित सिंहले मिडियाकर्मीप्रति दुर्व्यवहारजनक सम्बाद गरेको भन्दै एनसेलमा मौखिक उजुरीसमेत परेको थियो ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal