काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने एनआईबिएल सहभागिता फण्डका इकाइहरु अब सिन्धु विकास बैंकबाट पनि कारोबार गर्न सकिने भएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक कोष प्रवर्द्धक र एनआईबिएल एस क्यापिटल योजना व्यवस्था रहेका म्युचुअल फण्डका इकाइहरु सिन्धु विकास बैंकबाट किन-बेच गर्न सकिने भएको हो ।
यो खुलामुखी योजनाका इकाइहरुको खरिद-बिक्री सहज ढंगबाट गराउनका लागि सिन्धु विकास बैंकलाई वितरक (एजेन्ट)का रुपमा नियुक्त गरिएको एनआईबिएल एस क्यापिटलले जनाएको छ ।
योजनाको वितरक (एजेन्ट) का रुपमा नियुक्त गर्ने सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र सिन्धु विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले हस्ताक्षर गरेका छन् ।
यसअघि एनआईबिएल सहभागिता फण्ड योजनाका इकाइहरुको कारोबार योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा, नेपाल इन्भेष्टमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, गुडविल फाइनान्सका तोकिएका शाखा, सम्पन्न क्यापिटल तथा क्यापिटलको वेबसाइट (www.niblcapital.com) मा गई विद्युतीय प्रणालीमार्फत हुँदै आइरहेको छ ।
विगत ३ वर्षभन्दा बढी समयदेखि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित योजना नेपालकै पुँजीबजारमा पहिलो खुलामुखी योजनाको रुपमा सफल भएको छ क्यापिटलले जनाएको छ । यस योजनाले सञ्चालनको पहिलो आर्थिक वर्षमा नै आफ्ना इकाइधनीलाई ८.२५ प्रतिशत, दोस्रो आर्थिक वर्षमा ५० प्रतिशत तथा तेस्रो आर्थिक वर्षमा ७.२० प्रतिशत नगद लाभांश प्रदान गरिसकेको छ ।
उक्त योजनामा लगानीकर्ताले भुक्तानीका लागि इसेवा, खल्ती, कनेक्ट आईपीएस, थैली र नेपाल इन्भेष्टमेन्ट बैंकको ई-बैंकिङ प्रयोग गर्न सक्नेछन् । लगानीकर्ताले यस योजनामा लगानी गर्न व्यवस्थित लगानी योजना मार्फत दर्ता भई नियमित रुपमा पूर्वनिर्धारण रकम पूर्वनिर्धारित समयमा लगानी गर्न सक्ने व्यवस्थासमेत रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्