×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई केसर स्वीट्स एण्ड फुड्समा १० प्रतिशत छुट

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई केसर स्वीट्स एण्ड फुड्समा १० प्रतिशत छुट

Artha Sarokar

२६ चैत्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई काठमाडौं स्थित पशुपति प्लाजामा अवस्थित केसर स्वीट्स एण्ड फुड्समा १० प्रतिशत छुट पाउने भएका छन् ।

केसर स्वीट्स एण्ड फुड्सले उत्पादन गर्ने विभिन्न प्रकारका मिठाइका परिकारहरु खरिद गरेबापत ग्राहकले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् ।

उक्त छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र केसर स्वीट्स एण्ड फुड्सका सहसंस्थापक प्रिया तयालले हस्ताक्षर गरेका हुन् ।

एनआईसी एशिया बैंकका मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोगकर्ताहरुले केसर स्वीट्स एण्ड फुड्सबाट मिठाइका परिकारहरु खरिद गर्दा डिजिटल माध्यमबाट भुक्तानी गरेमा छुट पाउने छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी