×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया क्यापिटलको ‘मोबाइल एप’ सार्वजनिक, यस्ता छन् विशेषताहरु

PRIME CA
GLOBAL IME BANK

एनआईसी एशिया क्यापिटलको ‘मोबाइल एप’ सार्वजनिक, यस्ता छन् विशेषताहरु

२३ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । ‘अव लाईनमा होइन, क्यापिटलको सेवा अनलाइनमा’ भन्ने मुल नाराका साथ आफ्नो ग्राहकहरुलाई प्रविधिको प्रयोग मार्फत क्यापिटलमा उपस्थित नभई मोबाईलबाटै सहज र सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ एप संचालनमा ल्याईएको क्यापिटलले  जनाएको छ ।

क्यापिटलबाट प्रदान गरिने सेवाहरु तथा क्यापिटलसँग आवद्ध भएका ग्राहकहरुले मोबाइल एपबाटै सम्पूर्ण सेवाहरु प्राप्त गर्न सक्नेछन् । उक्त मोबाइल एपबाट सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (SIP) मा लगानी गर्न, Online Demat Account खोल्न,Mero Share Registration गर्न तथा Portfolio Management Service (PMS) मा सहभागि हुन मिल्ने लगायतका निम्न बमोजिमका सेवा तथा जानकारी प्राप्त गर्न सकिनेछ ।

एनआइसी एशिया क्यापिटल ‘मोबाइल एप’ को विशेषताहरु:

  • SIP Registration तथा SIP Installment गर्न सकिने
  • Mutual Fund हरुको NAV हेर्न मिल्ने
  • Online Demat Account / Mero Share Account खोल्न मिल्ने
  • Demat Account तथा Mero Share नविकरण गर्न मिल्ने
  • Portfolio Management Service (PMS) Register गर्न मिल्ने
  • Portfolio Management Service मा Login गरी आफ्नो लगानीको अध्यावधिक विवरण हेर्न मिल्ने
  • Demat Account मा भएको विवरणहरु अध्यवाधिक गर्न मिल्ने
  • Mero Share Account को Password तथा Pin Reset Request गर्न मिल्ने
  • Uncollected Dividend, DRN Status, Dematerialization Request Return सम्बन्धी विवरण हेर्न मिल्ने
  • IPO/Auction Allotment को Result हेर्न मिल्ने
  • Research Report, Stock Market Related News Alert, Market Summary जस्ता विवरणको Notification प्राप्त गर्न सकिने

क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुको सम्बन्धमा बिस्तृत जानकारी तथा नयाँ Offer सम्बन्धी सूचना प्राप्त गर्न सकिने । क्यापिटलको ‘मोबाइल एप’ Play Store (Android) / IOS APP Store (Apple) बाट डाउनलोड गर्न सकिने क्यापिटलले जनाएको छ ।

साथै, आगामी दिनमा क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई डिजिटलाईजड रुपमा मोबाइल एपबाटै सम्पूर्ण सेवा उपलब्ध गराउने लक्ष्य लिइएको क्यापिटलले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: