×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकद्धारा जनकपुरधामको श्री जानकी आँखा अस्पताललाई आर्थिक सहयोग

PRIME CA
GLOBAL IME BANK

एनएमबि बैंकद्धारा जनकपुरधामको श्री जानकी आँखा अस्पताललाई आर्थिक सहयोग

२२ चैत्र २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरधामको श्री जानकी आँखा अस्पतालमा १ लाख ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोग अस्पतालमा आवश्यक उपकरणहरु खरिद गर्नको लागि हस्तान्तरण गरिएको हो ।

सो कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी., नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, प्रदेश प्रमुख कमल पोखरेल, एरिया म्यानेजर मिथिलेश कुमार झा समेतको उपस्थिति रहेका थियो ।

साथै, आँखा अस्पतालको तर्फबाट सभापति नरेश प्रसाद सिंह, मेडिकल डाइरेक्टर आशिष बोहरा, कोषाध्यक्ष धिरेन्द्र मोहन झा लगायत अन्य पधाधिकारीहरु समेतको उपस्थिती रहेको थियो ।

हाल एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: