काठमाडौं । एनएमबि बैंकले नयाँ वर्ष २०८० को उपलक्ष्यमा नयाँ वर्ष, नयाँ धमाका नारा सहित एनएमबि सजिलो क्युआर कर्जाको शुरुवात गरेको छ ।
नेपाल सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई आत्मसाथ गर्दै बैंकले सर्वसाधारणसम्म वित्तीय पहुँच सुनिश्चिताको लागि आर्टिफिसियल ईन्टेलिजेन्समा आधारित आन्तरीक प्रविधिको विकास गरी बैंकको क्युआर प्रणालीमा आवद्ध साना, मझौला तथा घरेलु उद्यमको आकश्मिक वित्तीय आवश्यकतालाई ध्यानमा राखी रु. २ लाख सम्मको एनएमबि सजिलो क्युआर कर्जा प्रदान गर्नेछ ।
अर्थतन्त्रमा वास्तविक रुपले विद्युतीय कर्जा प्रणालीको बिस्तार गर्ने, कर्जा प्रक्रियालाई सरलीकृत गर्ने र कर्जाको लागत कम गर्ने उदेश्यका साथ शुरु गरिएको यस कर्जाबाट ग्राहकहरुको व्यवसायलाई आवश्यक आकश्मिक वित्तीय आवश्यक्ता पूरा गर्न मद्धत पुग्न गई व्यवसाय प्रबर्द्धनमा सहयोग पुग्नुको साथै बैंकले प्राथमिकतामा राखेको डिजिटाईजेशनको लक्ष्य प्राप्तिमा कोशेढुंङ्गा सावित हुने बिश्वास लिएको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्