Skip to content
LAXMI SUNRISE BANK

बैंक तथा वित्तीय संस्थाबाट सेवा लिनुअघि सर्त र शुल्कबारे बुझ्न राष्ट्र बैंकको आग्रह

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सेवा लिनुअघि सर्त र शुल्कबारे बुझ्न आग्रह गरेको छ । मंगलबार वितीय चेतनाका लागि एक सूचना जारी गर्दै राष्ट्र बैंकले यस्तो अपिल गरेको हो ।

पछिल्लो समय नबुझी वा कसैको बहकाउमा लागि बैंकको सेवा लिँदा समस्या सृजना भइरहेको निश्कर्षसहित राष्ट्र बैंकले सेवा लिनुअघि सेवाबारे सबैकुरा बुझ्न अनुरोध गरेको हो । ‘बैंक तथा वित्तीय संस्थाबाट कुनै पनि सेवा लिनुअघि सोसँग सम्बन्धित सम्पूर्ण सर्त तथा सोबापत लाग्ने सम्पूर्ण शुल्कका बारेमा बुझेर र विभिन्न संस्थाका सेवाहरु दाँजेर आफूलाई उपयुक्त हुने सेवा मात्र लिनुपर्दछ ।’– राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थामा आफ्ना सेवाग्राहीलाई वित्तीय सेवासम्बन्धी सम्पूर्ण जानकारी सरल एवम् स्पष्ट भाषामा निःशुल्क दिनुपर्ने व्यवस्था भएकोले त्यसो नभएको पाइएमा सम्बन्धित संस्थाको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्नसमेत राष्ट्र बैंकले आग्रह गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK