×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घरको सटरमा सञ्चालन भइरहेको पेट्रोल पम्प महानगरद्वारा सिल (फोटो-कथा)

PRIME CA

घरको सटरमा सञ्चालन भइरहेको पेट्रोल पम्प महानगरद्वारा सिल (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको कोतः धुक पेट्रोल पम्प सिल गरेको छ । बुधबार मापदण्ड विपरित घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेको भन्दै महानगरले उक्त पेट्रोल पम्प सिल गरेको हो ।

अदालतको ‘स्टे अर्डर’ हुँदहुँदै पनि महानगरले पेट्रोल पम्पमा सिल गरेको पम्पका सञ्चालक उत्तम मानन्धरको भनाइ छ । तर, घरको सटरमा पेट्रोल पम्प सञ्चालन गर्दा जोखिम बढ्ने भन्दै सिल गरिएको महानगरले जनाएको छ ।

बालाजुको उक्त पेट्रोल पम्प घरको सडकपेटीमा सञ्चालन भइरहेको थियो । सडक पेटिमै पेट्रोल पम्प सञ्चालन हुँदा पेट्रोल भर्नेहरुको लाइनले अधिकांश समय सडक जाम हुने गर्दथ्यो । योसँगै पेट्रोल निकै संवेदनशील पदार्थ भएकोले पनि जोखिम बढी भएको भन्दै सिल गरेको महानगरले जनाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: