×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फोनपेले ल्यायो ‘फोन पे गर्ने हो !’ नयाँ वर्ष अभियान, क्युआर भुक्तानी गर्दा स्कुटर र सुन उपहार !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

फोनपेले ल्यायो ‘फोन पे गर्ने हो !’ नयाँ वर्ष अभियान, क्युआर भुक्तानी गर्दा स्कुटर र सुन उपहार !

Artha Sarokar

२८ चैत्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । फोनपेले नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा ‘फोनपे गर्ने हो!’ क्युआरमा उपहार जित्ने हो !’ योजना ल्याएको छ । २०७९ चैत २९ देखि २०८० वैशाख ५ गतेसम्म नेपाल अधिराज्यभर लागु गरिएको यस योजनामा व्यवसायी तथा ग्राहकहरू सहभागी भई १ तोला सुन र स्कुटर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

योजना अवधिभित्र मोबाइल बैंकिङ एप वा वालेटबाट फोनपेको क्युआर प्रणाली प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरूले ‘लक्की ड्र’ मार्फत इप्लुटो ब्रान्डको विद्युतीय स्कुटर जित्न सक्नेछन् भने भुक्तानी प्राप्त गर्ने व्यवसायीले ‘लक्की ड्र’मार्फत १ तोला सुन जित्न सक्नेछन् ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले भने, ‘फोनपेको नेपालमा डिजिटल भुक्तानी प्रबर्द्धन गर्ने र प्रयोगकर्ताहरूलाई क्युआर भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्य अनुरूप ‘फोनपे गर्ने हो १’ अभियान ल्याइएको हो ।’ यसको लक्ष्य प्रयोगकर्ता र व्यवसायीहरूलाई समान रूपमा डिजिटल भुक्तानीको सजिलो, छिटो र सुविधाजनक माध्यम अपनाउन प्रोत्साहित गर्ने भएको उनले बताए । ‘नगद छोडौँ, फोनपे गरौँ’ ट्यागलाइनको साथ फोनपेले नगदको झञ्झटलाई हटाउन डिजिटल भुक्तानी प्रणाली सुरू गरेको थियो ।

फोनपेमा हाल ११ लाख भन्दा धेरै व्यवसायी (क्युआर मर्चेन्ट) आबद्ध रहेका छन् । फोनपे नेटवर्क मार्फत हाल दैनिक करिब रू. ५ अर्बको कारोबार हुँदै आएको छ । फोनपेमा अहिले ६० भन्दा बढि बैंक तथा वित्तिय संस्था आबद्ध छन् । एक करोड ७० लाख भन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ । फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन् ।

गाउँ गाउँसम्म विस्तार भइसकेको फोनपे क्युआर शहरका अधिकांश पसलमा देखिन थालेका छन् । ग्राहकहरुले पनि नगद बोकेर हिड्नुको साटो फोनपे मार्फत भुक्तानी गर्न सहज ठानेका छन् । डिजिटल कारोबारमा आएको यस परिवर्तनले मर्चेन्ट र ग्राहकलाई सहज बनाउनुका साथै नेपालको डिजिटल अर्थतन्त्रमा ठुलो परिवर्तन ल्याउँदै जान थालेको छ ।

नेपाललाई क्यासलेस बनाउने योजना अनुसार तीन वर्ष अगाडी स्थापना भएको फोनपेमा छोटो समयमै आम व्यवसायीको आकर्षण बढेको कम्पनीले जनाएको छ । नयाँ वर्ष २०८० को ‘फोनपे गर्ने हो !’ योजना पनि नेपाललाई डिजिटल परिवर्तनतर्फ डोहोर्‍याउने ठूलो लक्ष्यको एउटा कदम रहेको जनाईएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी