×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नयाँ वर्षमा राष्ट्रपति पौडेलद्वारा विभिन्न व्यक्तिहरु विभूषित…(फोटो-कथा)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षको अवसर परेर विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई विभूषित गरेका छन् । शुक्रबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले ९ सय ८२ जनालाई विभूषित गरेका हुन् ।

असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गरेकाहरूलाई शुक्रबार शितल निवासमा विभूषित गरिएको हो ।

पौडेलले निर्वाचन आयोगका आयुक्तहरू, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, चलचित्र अभिनेता राजेश हमाललगायतलाई सुकीर्तिमय राष्ट्रदीप विभूषण प्रदान गरेका हुन् । त्यस्तै, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलाई राष्ट्रगौरव विभूषणबाट सम्मान गरेका हुन् ।

राष्ट्रपति कार्यालय महाराजगञ्मा आयोजित विभूषण सुशोभन समारोहमा राष्ट्रपति, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो । बाँकि तस्बिरमा हेर्नुहोस :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: