×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

योग्यताक्रम विपरितको भर्ना प्रकृयाविरुद्ध प्रदर्शन (फोटो-कथा)

काठमाडौं । चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रकृयाविरुद्ध चिकित्सकहरुले प्रदर्शन गरेका छन् । चिकित्सा शिक्षा आयोगले सर्वोच्चको आदेश अवज्ञा गरेको र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रक्रिया सुरु गरेको भन्दै उनीहरुले सोमबार माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

बढी अंक ल्याएका विद्यार्थीहरुलाई छात्रवृत्ति नदिने तथा योग्यता र प्राथमिकताको आधारमा आफूले चाहेको विषय र अध्ययन संस्थामा अध्ययन गर्नबाट वञ्चित हुने अवस्थामा पुर्याएको उनीहरुको गुनासो छ । प्रदर्शनमा सहभागीहरुले ‘न्यायापालिका भन्दा ठूलो कार्यपालिका कसरी भयो ?’, ‘मेरिट मिच्न पाइदैन’, ‘अस्पतालमा डाक्टर खै ?’ लगाएतका प्लेकार्ड देखाएका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: