×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीको स्वनियमन नारामा मात्रै सिमित नहोस् : प्रधानमन्त्री

PRIME CA

सहकारीको स्वनियमन नारामा मात्रै सिमित नहोस् : प्रधानमन्त्री

२४ चैत्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीमा स्वनियमन नारामा मात्रै सिमित भएको भन्दै व्यवहारमा लागू गर्न सहकारीलाई निर्देशन दिएका छन् । सहकारीले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सहकारीमा स्वनियमन अपरिहार्य भएको बताए ।

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना गरेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय सहकारीको काम कारबाहीमा केही प्रश्न उठिरहेकोले स्वनियमन आवश्यक रहेको बताए ।

सहकारी संस्थाहरुप्रति उठेका सवालहरुको विषयमा गहन छलफल गरेर महासम्मेलनले निश्कर्ष निकाल्नु पर्ने धारणा राखेका थिए । ‘सहकारीमा देखिएको समस्याहरुको कारण आम नागरिकहरु प्रभावित छन्, यस चुनौतीपूर्ण अवस्थाबाट बाहिर निस्कन यो महासम्मेलनले उचित निश्कर्ष निकाल्नु पर्छ, सहकारीलाई उत्पादन र श्रमसहकारीमा रुपान्तरण गर्नु पर्छ’, प्रधानमन्त्री दाहालले भने ।

वित्तीय क्षेत्रमा देखा परेको तरलताको प्रभाव सहकारीमा पनि देखिएको बताउँदै बचतकर्ताको पैसा सुरक्षित राख्नु पर्ने हामी सबैको दायित्व भएको बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: