×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘म चितवनबासीले रोपेको बिरुवा हुँ’ – रवि लामिछाने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार

PRIME CA
laxmi sunrise bank

‘म चितवनबासीले रोपेको बिरुवा हुँ’ – रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेले आफू चितवनवासीले हुर्काएको बिरुवा भएको बताएका छन् । चितवनको भरतपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले आफू चितगनले गत निर्वाचनमा रोपेको बिरुवा भएकोले उपनिर्वाचनमा मलजल दिन आग्रह गरेका छन् ।

‘गत निर्वाचनमा तपाईंहरूले रोपेको बिरुवा हुँ म । त्यो बिरुवालाई हुर्काउन मल चाहिन्छ ।’, उनले भने, ‘सम्पूर्ण गालीहरूलाई सङ्कलन गरेर मल बनाएका छौँ । हामीले त्यसलाई प्रयोग गर्नेछौँ । यसपटक मल त हालिसकेका छौँ । अब जल हाल्ने जिम्मेवारी तपाइँहरूको हो ।’

त्यस्तै, लामिछानेले अब चितवनले एक व्यक्तिलाई मात्रै नभएर देशलाई न्याय गर्ने बताउँदै देशलाई परिवर्तनको जबर्जस्ती आवाज चाहिएको बताएका छन् । ‘यो साथको निरन्तरता चाहिएको छ । तपाईंलाई झुक्याउन जरुरी छैन । आँधीहुरी जे आए पनि नडराउनुहोला ।’, उनले भने, ‘न्यायका लागि आवाज उठाउनुभयो, न्याय चाहिन्छ भने आजको दिनमा चितवन जानुहोस् भन्ने मान्यता स्थापित भएको छ ।’

चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले अबको चार वर्षपछि २०८४ मा हुने आमनिर्वाचनमा देशभरबाट राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमतको सरकार बनाउने दाबीसमेत गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: