×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लगातार ६ पटकको वृद्धिपछि आरबिआईको रिपो दरमा ब्रेक, तत्कालका लागि रिपो दर ६.५ प्रतिशत नै कायम रहने

काठमाडौं । भारतीय रिजर्भ बैंक (आरबीआई)ले रिपो दर नबढाउने निर्णय गरेको छ । यसअघि लगातार रिपो दर बढाएर ६.५० प्रतिशतसम्म पुर्याएको आरबिआईले यसपटक भने रिपो दर नबढाउने निर्णय गरेको हो ।

फेडरल रिजर्भ, युरोपियन सेन्ट्रल बैंक, बैंक अफ इङ्ल्यान्डलगायत विश्वका सबै केन्द्रीय बैंकले ब्याजदर बढाएका कारण आरबीआईले पनि रिपो दर ०.२५ प्रतिशतले वृद्धि गर्न सक्ने अनुमान विज्ञहरुले गरेका थिए । तर, बिहीबार भारतीय रिजर्भ बैंक (आरबिआई)ले रिपो दर नबढाउने जानकारी दिएको हो ।

आरबीआईले २०२२/२३ मा मात्रै ६ पटकमा २.५ प्रतिशतलले ब्याजदर बढाएको छ । गत आर्थिक वर्षमा मौद्रिक नीतिको पहिलो बैठक अप्रिलपछि आरबीआईले रिपो दरलाई ४ प्रतिशतमा स्थिर राखेको थियो । तर, २ र ३ मेमा आपतकालीन बैठक बोलाएर आरबिआईले सन् २०२० मे २२ पछि रिपो दरमा परिवर्तन गर्दै ०.४० प्रतिशतले बढाएर ४.४० प्रतिशत पुर्याएको थियो ।

त्यसप्रश्चात आरबिआईले जुन ६ देखि ८ सम्म बसेको बैठकमा रिपो दर ०.५० प्रतिशतले बढाउँदै ४.९० प्रतिशत पुर्याएको थियो । त्यसपछि अगस्टमा यसलाई ०.५० प्रतिशतले बढाएर ५.४० प्रतिशतमा पुर्याइयो । सेप्टेम्बरमा ब्याजदर ५.९० प्रतिशत पुगेको थियो । फेरि डिसेम्बरमा ६.२५ प्रतिशत पुग्यो । यसपछि, फेब्रुअरी २०२३ मा ब्याज दर ६.५ प्रतिशत पुर्याइयो । ६ पटक बढाएपछि रिपो दरको बृद्धि रोकिएको हो ।

यसो त आरबीआईले अर्थतन्त्रको रिकभरी कायम राख्न चाहेकै कारण रिपो दर परिवर्तन नगरेको बुझिएको छ । अर्थतन्त्रमा भइरहेको सुधारलाई कायम राख्न नीतिगत दरमा कुनै परिवर्तन नगरेको आरबीआईका गभर्नर शक्तिकान्त दासले बताएका छन् । तर, आवश्यक परे परिस्थितिअनुसार रिपो दरमा परिवर्तन हुनसक्ने संकेत दासले दिएका छन् । त्यस्तै, उनले विश्वव्यापी तनावका बाबजुद पनि भारतको अर्थतन्त्र बलियो नै रहेको दाबी गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: