जनकपुर। कतै प्रश्नपत्र आउट हुने, कतै नक्कली परिक्षार्थी भेटिने भईरहेका बेला एसईई परिक्षामा अर्को ठुलो लापरवाही भएको पाइएको छ । धनुषाको रामप्रसाद माविमा केन्द्रमा नेपाली विषयको परीक्षाको दिन विज्ञान विषयको पुगेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार खामको माथि नेपाली लेखिए पनि भित्र विज्ञान विषयको प्रश्नपत्र भेटिएको पुष्टी गरे ।
मुचुल्का उठाएर त्यहाँ नेपाली विषयको परिक्षा सम्पन्न भएको छ । पहिलो दिन पनि अंग्रेजी विषयको परिक्षामा अर्कै विषयको प्रश्नपत्र पुगेको थियो ।