Skip to content
LAXMI SUNRISE BANK

एसईई परिक्षा : छोरालाई झ्यालबाट चिट दिन खोज्ने बाबु पक्राउ !

अर्थ सरोकार

जनकपुरधाम । एसईईको परिक्षामा चिट चोराउन खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदनगर नगरपालिका-७, धबउलीका ४८ वर्षीय रामबाबु मण्डल छन् । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार उनले आफ्ना छोरालाई चिट दिने प्रयास गरेका थिए । सबैला नगरपालिकास्थित जनता मावि परीक्षा केन्द्रबाट नेपाली विषयको परिक्षाका क्रममा झ्यालबाट चिट दिने प्रयास गरिएको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK