९. गोल्डम्यान इन्भेष्टमेन्ट र लक्ष लक्ष्य होल्डिङसमाथि धितोपत्र बोर्डको एक्सन
लगानीकर्ता दिपेन्द्र अग्रवाल तत्कालीन अध्यक्ष रहेको गोल्डम्यान इन्भेष्टमेन्ट र डा. केशब श्रेष्ठ अध्यक्ष रहेको लक्ष होल्डिङसमाथि धितोपत्र बोर्डले एक्सन लियो । उनीहरुको खातापाटा बन्द गर्न बोर्डले राष्ट्र बैंकलाई परिपत्र गर्यो र दुबैको केस सीआईबी पुग्यो । पछी गोल्डम्यान इन्भेष्टमेन्टबाट लगानीकर्ता दिपेन्द्र अग्रवाल अलग भए भने लक्षका तर्फबाट केशब श्रेष्ठ बोर्डविरुद्ध अदालत गए । अहिले अदालतमा यो मुद्धा विचाराधीन छ । दिपेन्द्र अग्रवाल र केशब श्रेष्ठहरु अहिले पनि भनिरहेका छन्- धितोपत्र बोर्डका अध्यक्षले अख्तियारीको दुरुपयोग गरे, बोर्डको क्षेत्राधिकार मिचेर हामीलाई गलत देखाउने काम भयो, दुख दिने काम भयो । तर, बोर्ड अहिले पनि भनिरहेको छ, प्रचलित कानुनविपरित काम गरिएकोले ती कम्पनीमाथि कारवाही गरिएको हो ।
बर्ष २०७९ मा गुरु न्यौपानेको कारवाही प्रकरणले पनि खुब चर्चा पायो सेयर बजारमा । रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई बोर्डले न्यौपानेनगद जरिवाना र १० वर्षसम्म कुनै पनि सुचिकृत कम्पनीको संचालक बन्न नपाउने गरी कारवाही गर्यो । कानुन विपरित अवैध रुपमा आफु पदमा हुँदा नै दोस्रो बजारमा शेयर खरिद बिक्रि गरेको भन्दै बोर्डले उनलाई कारवाही गरेको हो । तर न्यौपानेमाथिको कारबाही तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले धितोपत्र बोर्डलाई आदेश दिएको छ । बोर्डको निर्णयविरुद्द अध्यक्ष न्यौपानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । र पुनरावेदनको आदेश न्यौपानेको पक्षमा आएको छ । यो प्रकरण अव कसरी बढ्ला भन्ने हेर्न बाँकी नै छ।
५. शिवम् सिमेन्टको इन्साइडर चर्चा
बर्ष २०७९ मा शिवम सिमेन्ट प्रकरणले पनि खुब चर्चा पायो। शिवम सिमेन्टका सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र कुमार गोयलमाथि दोस्रो बजारमा इन्साइडर ट्रेडिङ गरेर अर्बौ रुपैयाँ कमाएको आरोप लाग्यो। योयलले आफु अध्यक्ष हुँदा हुँदै दोस्रो बजारबाटै २७ लाख ४३ हजार ९०० कित्ता शेयर बिक्री गरेको प्रकरण अहिले धितोपत्र बोर्डमा विचाराधीन छ । सोझा लगानीकर्तालाई महँगोमा सेयर भिडाएर आफुले प्रचलित कानुनविपरित सेयर बेचेको भन्दै कम्पनीका मालिकमाथि परेको उजुरी बोर्डमा विचाराधीन छ ।
३. बोर्ड अध्यक्षविरुद्ध निरन्तरको प्रहार
बर्ष २०७९ सालमा नेपाल धितोपत्र बोर्डका अध्यक्षविरुद्द चौतर्फी प्रहार भयो । उनले गलत गरेको भन्दै केहि मिडियाहरु उनको विपक्षमा उभिए । उनी आफ्नै कम्पनीको रेटीङ विवादमा परे । यद्यपी हमालले यस विषयमा आफ्नो स्पष्टीकरण दिईसकेका छन् । केहि समय अगाडी उनले विभिन्न कम्पनीबाट पैसा असुल्ने गरेको खबर पनि बाहिरियो । त्यसको उनले खुलेरै प्रतिवाद गरे । आफुविरुद्ध निरन्तर गलत प्रचार भएको दाबीसहित उनले पटक पटक स्पष्टीकरण दिइरहे ।
२. सेयर तालिम र संसदमा सेयर लगानीकर्ताका नेता
बर्ष २०७९ मा धेरैपछि सेयर तालिमका प्रसस्तै इभेन्टहरु भए । यसमा सेयर गुरु सुबास चन्द्र भट्टराई, शिव चन्द्र र हरि ढकालको भूमिका महत्वपूर्ण रह्यो । धेरैले फिजिकल क्लासमै तालिम लिन पाए । धेरैपछि जुरेको यस्तो संयोगमा लगानीकर्ताहरु उत्साहित भए । अझ सेयर लगानीकर्ताका नेता हरि ढकालको संसद प्रवेश झन् खास बन्यो बर्ष २०७९ मा । अहिले उनी पटक पटक संसदमा उभिएर सेयर बजारको चर्चा गरिरहेका हुन्छन् । यसले सेयर बजारका लगानीकर्ताहरुलाई थप उत्साह दिएको छ । धेरै लगानीकर्तालाई हाम्रा पनि नेता छन् भन्ने भान भएको छ ।
१. बजारको घटोत्तरी र नयाँ स्टक र ब्रोकर लाइसेन्सको लफडा
सेयर बजार निरन्तर घटिरहेको थियो । यहि बीचमा बिष्णु पौडेल अर्थमन्त्री भए । उनी अर्थमन्त्री भएपछि नेपालको सेयर बजारमा लगानीकर्ताहरुले थोरै भए पनि बजारप्रति विश्वास बढाए । सायद यहि कारण केहि समय बजार बढ्यो पनि । तर पौडेलको बहिर्गमनसँगै बजार फेरी घट्न थाल्यो । बर्ष २०७९ सालको उत्तरार्धले केहि आशा त दिएको छ तर बजार यसै हुन्छ भन्न सकिने अवस्था छैन ।
नेपालको सेयर बजारमा बर्ष २०७९ मा भएको र देखिएको सबैभन्दा ठुलो रमिता भनेको नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्सको लफडा । बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याउनुपर्छ र नयाँ ब्रोकरहरुलाई नयाँ लाइसेन्स दिन नीति ल्यायो । सोका लागि बोर्डले आवश्यक नीति परिमार्जनमासमेत काम गर्यो । तर यो प्रकरणमा ब्रोकरहरु पटक पटक, ठाउँठाउँमा खेले । कहिले राजनीतिक लवीङ गरेर नयाँ ब्रोकरको लाइसेन्स रोक्न खोजे त कहिले अदालतमार्फत यो काम रोक्न खोजियो । तर अन्तत: अदालतले पनि धितोपत्र बोर्डकै फैसला गरिदियो बर्ष २०७९ मै । र बोर्डलाई अव नयाँ स्टक एक्सचेन्ज र ब्रोकरका लाइसेन्सका लागि बाटो खुलेको छ ।
समग्रमा बर्ष २०७९ नेपाली सेयर बजारका लागि लगानीकर्ता भएर झुर र समग्र बजारलाई हेर्दा आशाका किरणहरु देखाउने खालको भयो । अन्यथा नभएमा अव २०८० मा नयाँ ब्रोकरको लाइसेन्स वितरण हुनेछ, नयाँ स्टक एक्सचेन्ज आउनेछ । अजोड इन्स्योरेन्स लगायतका केहि कम्पनीहरुको लुकेर बसेको फाइल फेरी झिकेर बोर्डले कारवाही चलाउनेछ, बजार अझै बलियो बन्नेछ । जनाकारहरुले पनि बर्ष २०७९ को अन्त्यसँगै बजारको बियरिस चक्र सकिएको विश्लेषण गरेका छन् । धेरैले नयाँ बर्ष २०८० लाई लगानी बर्षका रुपमा चित्रित गरेका छन् । सेयर अहिले सस्तोमा पाइएका बेला उचित कम्पनी छानेर लगानी गरे फाइदा हुने तर्क जानकारहरुको छ ।
https://www.youtube.com/watch?v=5Ccny0WoUGw
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्