×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३० वर्षदेखि नयाँ नोट नछापेको सोमालियाको नोट छाप्ने तयारी, नक्कली नोटको भरमा अर्थतन्त्र, मौद्रिक नीतिको टुंगो छैन !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

३० वर्षदेखि नयाँ नोट नछापेको सोमालियाको नोट छाप्ने तयारी, नक्कली नोटको भरमा अर्थतन्त्र, मौद्रिक नीतिको टुंगो छैन !

काठमाडौं । पछिल्लो ३० वर्षदेखि नयाँ नोट नछापेको सोमालियाले नयाँ नोट छाप्ने तयारी गरेको छ । सोही अनुसार अफ्रिकी मुलुक सोमालियाको केन्द्रीय बैंकले पनि राष्ट्रिय मुद्राको पुर्नस्थापना गर्ने कार्यलाई उच्च प्राथामिकतामा राखेको छ ।

सन् १९९१ मा सोमालियाको सरकार ढलेसँगै सुरु भएको गृहयुद्धका कारण सोमालियाले पछिल्लो ३० वर्षदेखि नयाँ नोट छापेको छैन । प्रयोग वा चलनचल्तीमै रहेका नोटहरु पनि प्रयोग नै गर्न नसकिने गरी जीर्ण भएपछि हाल सोमालियाको अर्थतन्त्र नक्कली नोटको भरमा टिकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यसो त सोमालियाबाट छुट्टिन खोजिहेका क्षेत्रहरुमा युद्धरत लडाकुका नेता र व्यापारीहरूले प्रायः नक्कली नोटहरु छाप्ने वा पठाउने गरेकोसमेत पाइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०१७ मा गरेको अनुमान अनुसार सोमालियामा प्रचलनमा रहेकामध्ये ९८ प्रतिशत स्थानीय नोट नक्कली रहेका थिए । राष्ट्रिय मुद्रा ‘सोमाली सिलिङ’को पुनः पहिचान नभएसम्म मुलुकमा मौद्रिक नीति आउन नसक्ने सोमालियाको केन्द्रीय बैंकका गभर्नर अब्दिरहमान मोहम्मद अब्दुल्लाहीले बताएका छन् ।

गभर्नर अब्दुल्लाहीका अनुसार विगत ३० वर्षदेखि नछापिएको नयाँ नोट आगामी वर्षभित्र छाप्ने तयारी गरिएको छ । हाल सोमालियाको अर्थतन्त्र अमेरिकी डलर र नक्कली नोटकै भरमा चलेको भए पनि सन् २०२३ मा ३.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने उनको अनुमान रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: