काठमाडौं । श्रीलङ्काको हेडलाइन मुद्रास्फीति यस वर्षको फेब्रुअरीमा ५३.६ प्रतिशत रहेकोमा मार्चमा घटेर ४९.२ प्रतिशतमा झरेको श्रीलङ्काको जनगणना तथा तथ्याङ्क विभागले जनाएको छ ।
विभागले राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक गर्दै खाद्य मुद्रास्फीति ४९ प्रतिशतबाट ४२.३ प्रतिशत र गैरखाद्य मुद्रास्फीति ५७.४ प्रतिशतबाट ५४.९ प्रतिशतमा झरेको जनाएको छ । विभागका अनुसार चामल, तरकारी, ताजा माछा, आलु, ढल, सुख्खा माछा, कुखुरा, मसलाजस्ता खाद्यवस्तुको मूल्य फागुनको तुलनामा चैतमा घटेको छ ।
नरिवल, नरिवलको तेल, अण्डा, हरियो चना, चामलको पिठो, चियाजस्ता वस्तुको मूल्य भने बढेको छ । विभागका अनुसार गैरखाद्य वर्गमा कपडा, जुत्ता चप्पल र हाउजिङको मूल्य बढेको छ भने पानी र बिजुलीजस्ता सार्वजनिक सेवाको मूल्य पनि बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्