×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकद्वारा नेपाल प्रहरी विद्यालयका जेहेन्दार विद्यार्थीलाई ७० लाख छात्रवृत्ति प्रदान

PRIME CA
GLOBAL IME BANK

सनराइज बैंकद्वारा नेपाल प्रहरी विद्यालयका जेहेन्दार विद्यार्थीलाई ७० लाख छात्रवृत्ति प्रदान

२३ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सनराइज बैंकले नेपाल प्रहरी विद्यालयमा अध्ययनरत १५ जना जेहेन्दार विद्यार्थीहरुलाई करिब ७० लाख रुपैयाँको छात्रवृत्ति उपलब्ध गराएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ६९ लाख ८० हजार ६३४ रुपैयाँ छात्रवृति रकम सहयोग गरेको बैंकले जनाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यलय नक्सालमा बुधबार भएको कार्यक्रममा छात्रवृत्ति सम्बन्धी समझदारी पत्रमा सनराइज बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपाल र नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक केदार ढकालले हस्ताक्षर गरे ।

नेपाल प्रहरीका विभिन्न ८ वटा विद्यालयमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त, अमर शहीद एवम् अशक्त प्रहरीका जेहेन्दार सन्ततिहरुलाई उत्प्रेरणा गर्ने उद्देश्यले छात्रवृत्ति रकम प्रदान गरेको बैंकले जनाएको छ । बैंकले उपलब्ध गराएको छात्रवृत्ति रकम १५ जना विद्यार्थीहरुले कक्षा ४ देखि १२ सम्मको अध्ययनमा खर्चिने छन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले छात्रवृत्ति रकमले ती विद्यार्थीहरुको अध्ययनमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

सम्झौता कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणा, नायब महाप्रबन्धक रविनकुमार नेपाल, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुंवर लगायतको सहभागिता रहेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: