×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘एमडिआरटी मिट’ सम्पन्न, टिओटी घिमिरे पाए रोयल इन्फिल्ड

BIZBAZAR

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडिआरटी मिट २०२३ धुलिखेलमा भव्यताका साथ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा एमडिआरटी २०२३ का लागि मनोनित सम्पुर्ण एमडिआरटीहरुलाई सम्मान गर्नुका साथै सिओटी हुन सफल गौरब कुमार शाही र टिओटी कमल प्रसाद घिमिरेलाई विशेष सम्मान गर्दै टिओटी कमल प्रसाद घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाईकल कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्तान्तरण गरेका हुन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतहरुले उक्त कार्यक्रममा सिओटी टिओटी तथा एमडिआरटी हरुलाई सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम प्रदान गरेका थिए । सोहि कार्यक्रममा उपस्थित सम्पुर्ण व्यक्तित्वहरुले एकसाथ कम्पनीको २०८० सालको क्यालेन्डर अनावरण गरेका थिए । उक्त क्यालेन्डरमा देशका विभिन्न स्थानहरुबाट सूर्यज्योति झल्किने मनमोहक तस्बिरहरु समावेश गरिएको छ ।

उक्त कार्यक्रमले आगामी वर्षहरुमा एमडिआरटी संख्या अझ बृद्धि गर्ने हौसला मिलेको कुरा सिओटी गौरव कुमार शाहीले जानकारी गराए । सोही कार्यक्रममा टिओटी कमल प्रसाद घिमिरले अभिकर्ता पेशालाई मर्यादित बनाउन अहोरात्र आफु खटिने जानकारी गराए ।

कार्यक्रममा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सदैव लक्ष्य उच्च राखेमा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश कार्यक्रममा व्यक्त गरेका थिए । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले एमडिआरटी हरुको संख्यामा वृद्धि गर्न हौसला दिँदै आजैबाट आफ्नो गन्तव्यतिर लाग्न प्रेरित गरेका थिए ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal