×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्नपूर्ण केवलकारले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

PRIME CA
GLOBAL IME BANK

अन्नपूर्ण केवलकारले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

२८ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पर्यटकीय नगरी पोखरामा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण केवलकारले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ ।

अन्नपूर्ण केवलकार नेपालमा सञ्चालित केवलकारमध्ये हिम शृङ्खलाको सबैभन्दा नजिक र विदेशी लगानी भएको एकमात्रै केवलकार हो । आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । बुधबार आयोजित कार्यक्रममा अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

२०७८ साल फागुन ६ देखि सञ्चालनमा आएको अन्नपूर्ण केबलकारले कम्पनीको जारी पूँजी १ अर्ब ५५ करोडको २० प्रतिशतले हुने ३१ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुलाई समेत बिक्री गर्न लागेको हो । केवलकारमा जनताको सहभागिता बढाउनको लागि २० प्रतिशत आईपीओ निकाल्ने निर्णय गरेको कम्पनीका अध्यक्ष गुरुङले जानकारी दिए । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले आईपीओ निष्काशन गर्ने भएको हो ।

पाँच वर्ष अगाडि निर्माण सुरु भएको केवलकार कोभिडको कारण तोकिएको भन्दा दुईवर्ष ढिलागरी सञ्चालनमा ल्याइएको थियो । आईपीओ निष्कासनपछि कम्पनीले थप परियोजनामा समेत लगानी गर्ने योजना बनाएको गुरुङले जानकारी दिए । पोखरा महानगरपालिका-१८ स्थित सेदीबगर स्थित अन्नपूर्ण केवलकारको बटम स्टेशन निर्माण गरिएको छ । जसको निर्माण लागत १ अर्ब ९७ करोड रुपैयाँ लागेको कम्पनीले जनाएको छ ।

यस केवलकार परियोजनामा जापानिज निप्पोन केवलकारको प्रविधि प्रयोग गरी निर्माण गरिएको छ, जुन सुरक्षाको हिसावले बढि सुरक्षित मानिन्छ । २०७८ साल फागुन देखि सञ्चालनमा आएको केवलकारमा क्याबिनसहित १८ वटा गोन्डोला रहेको छ । केवलकारको सुरुको स्टेशनदेखि अन्तिमसम्म १३ वटा टावर रहेको छ । एउटा गोन्डोलामा ८ जनाले यात्रा गर्न मिल्छ । एक घण्टामा ५ सय जना यात्रुले यात्रा गर्न मिल्ने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: