काठमाडौं । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा राष्ट्रिय सहकारी बैंकको शाखा सञ्चालन गर्न स्थानीय सहकारीकर्मीहरुले माग गरेका छन् ।
जिल्लामा सहकारी बैंकको शाखा सञ्चालनमा सहजीकरणका लागि बैंकद्वारा गठित जिल्ला सम्पर्क समन्वय उपसमितिको मंगलबार बेनीमा सम्पन्न पहिलो वैठकले सहकारी बैंकको शाखा तत्काल सञ्चालनका लागि माग गर्ने निर्णय गरेको हो ।
म्याग्दी र पर्वतको जलजलाका सहकारीहरुलाई सहकारी बैंकको सेवा प्रवाहका लागि बैंकको शाखा बेनी बजारमा आवश्यक रहेको र शाखा नभएका सहकारीहरुलाई वित्तीय रुपमा थप प्रभावकारी बनाउन नसकिएको जिल्ला सम्पर्क समन्वय उपसमितिका संयोजक रमेश गिरीले बताएका थिए ।
सहकारी बैंकको शाखा रहेका स्थानहरुमा सहकारीहरुको वित्तीय कारोबारमा सहजतासंगै संस्थागत विकासमा समेत सहयोग पुगेको देखिएको, बेनीमा शाखा नभएका कारण कारोबार अन्यत्र गर्नु पर्ने वाध्यता रहेको छ भन्दै उनले बैंकको शाखा सञ्चालन भएपछि सहकारीहरुको क्षमता विकास र अन्य विषयमा सहजीकरण गर्न समेत सहयोग पुग्ने बताए ।
कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले बैंकको शाखा बेनीमा सञ्चालनका लागि बैंककातर्फबाट आवश्यक निर्णय गरी नियमनकारी निकायमा अनुमतिका लागि अनुरोध गरिएको जानकारी गराउँदै जिल्लाका सबै सहकारीहरुलाई बैंकको सदस्य बनाउन उपसमितिले ध्यान दिनु पर्नेमा जोड दिए ।
उनले सहकारीलाई वित्तीय रुपमा सक्षम, संस्थागत रुपमा सुशासनयुक्त बनाउनका लागि बैंकले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको भन्दै बैंकसंगको सहकार्यलाई थप प्रभावकारी गराउन सबै सहकारी संघ संस्थाहरुलाई आव्हान गरेका थिए ।
बेनीमा सहकारी बैंकको शाखा सञ्चालनमा सहजीकरण गर्नका लागि गठित जिल्ला सम्पर्क समन्वय उपसमितिका संयोजक, सदस्य तथा सल्लाहकारहरुलाई बैंकका सञ्चालक जिसीले मनोनयन पत्र प्रदान गरेका थिए । कार्यक्रममा बैंकको बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले शाखाको समग्र अवस्था र शाखामार्फत बेनीमा भइरहेको कारोबारका बारेमा जानकारी गराएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्