काठमाडौं । बुवा केयर प्रा.ली. ले आफ्ना सम्पुर्ण सदस्यहरुको गुणस्तरीय स्वास्थ्य चेकअप गर्नको लागी नेपाल ल्याव हाउससँग औपचारिकरुपमा सहमति गरेको छ ।
बुवा केयर प्रा.ली ले २०८० वैशाख १ गते देखि औपचारिक रुपमा आफ्नो सेवा शुरुवात गरेको हो भने नेपाल ल्याबले अत्याधुनिक प्रविधिबाट गुणस्तरिय प्याथलोजिकल जाँच सेवा दिँदै आइरहेको छ । आफ्ना सदस्यहरुको स्वास्थ्य, मनोरञ्जन तथा गुणस्तरिय जिवनयापनमा सहयोग गर्ने गरी आफ्ना विविध प्रकारका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
सहमति अनुसार बुवा केयरका सदस्यहरुको सम्पुर्ण प्याथलोजिकल चेकअप नेपाल ल्यावमा विशेष सहुलियतमा जाँच गरिने भएको छ । साथै, बुवा केयरले लिएको उद्देश्यमा ऐक्यवद्दता जनाँउदै सहज तथा सर्वसुलभ सेवा विस्तार तथा सम्पुर्ण सदस्यहरुलाई मध्यनजर गर्दै निकट भविष्यमा सञ्चालन हुने नि:शुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन गर्नका लागि नेपाल ल्याव हाउसले बुवा केयरलाई सहयोग गर्ने जनाएको छ ।
कार्यक्रममा बुवा केयरका तर्फबाट अध्यक्ष डा. अनाम प्याकुरेल तथा नेपाल ल्यावका तर्फबाट डा.विदुर अोस्थीले हस्ताक्षर गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्