×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चेम्बर अध्यक्ष मल्लसहितको टोली प्रधानमन्त्रीसँग भारत भ्रमणमा

GLOBAL IME BANK
SHREE KESH

चेम्बर अध्यक्ष मल्लसहितको टोली प्रधानमन्त्रीसँग भारत भ्रमणमा

१७ जेष्ठ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोली प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग भारत भ्रमणमा गएको छ । निजी क्षेत्रबाट प्रतिनिधत्व गर्दै चेम्बर पदाधिकारी टोली प्रधानमन्त्री दाहालसँग भारत भ्रमणमा गएको हो ।

भ्रमण टोलीमा अध्यक्ष मल्लसंगै निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्षहरु दिपक मल्होत्रा र उर्मिला श्रेष्ठ छन् । प्रधानमन्त्री दाहालले जेठ १७ गते बुधबारदेखि २० गते शनिबारसम्म गर्ने ४ दिने औपचारिक भ्रमणका क्रममा भारतीय निजी क्षेत्रसंग समेत अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै, नेपाल भारतका निजी क्षेत्रका प्रतिनिधी संस्थाहरुले समेत दुई पक्षीय व्यापार, लगानी, भन्सार सहजीकरण लगायतका विषयमा अन्तरक्रिया गर्नेछन् । भारतीय व्यवसायीहरुसँग ऊर्जा क्षेत्रमा लगानी, पर्यटन तथा मझौला उद्योग व्यवसायमा लगानीको आग्रह गरिने अध्यक्ष राजेन्द्र मल्लले बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: