×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सीईओमा निरज मान सैंजु नियुक्त

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा निरज मान सैंजु नियुक्त भएका छन् ।

कम्पनीमा अनुभवी कार्यकारी अधिकृत निरज मान सैंजुको उच्च स्तरीय नेतृत्व क्षमता र कार्यानुभवले सिटी एक्सप्रेसको प्रगतिले नयाँ उचाई लिने अपेक्षा गरिएको सिटी एक्सप्रेसले जनाएको छ ।

४२ वर्षीय सैंजुको बैंकिङ क्षेत्रमा २० वर्ष भन्दा बढी अनुभव साथै धेरै वाणिज्य बैंकहरूको फिल्ड् ट्रेजरी विभागमा १५ वर्ष भन्दा बढी उत्कृष्ट अनुभव छ । क्यानडा स्थित सेक्युरिटी इन्स्टिच्युटबाट सुरक्षा कोर्ष गरेका सैंजुसँग सुरक्षा र लगानीको क्षेत्रमा उल्लेखनीय ज्ञान छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृतले आफुले कम्पनीको दिगो आर्थिक वृद्धिको लागि नेटवर्कको विश्वव्यापी पहुँच विस्तार गरी नेपालको सबैभन्दा ग्राहक केन्द्रित कम्पनी बनाउने बिश्वास दिलाएका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: