Skip to content
LAXMI SUNRISE BANK

‘डिजी पे’ले गर्यो विभिन्न फ्रान्चाइजी व्यवसायी तथा संस्थाहरुसँग सहकार्य 

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानीका लागी अनुमति प्राप्त मोबाइल वालेट कम्पनी डिजी पे प्रा.लि.ले पत्रकार सम्मेलन गरी आफूले प्रदान गर्ने सेवा तथा सुविधाबारे जानकारी गराएको छ ।

डिजी पेले नेपालमै पहिलोपटक डिजिटल तथा नगद दुवैमा कारोबार गर्न मिल्ने सुविधा साथै फिनटेक इन्डस्ट्रीमा नै पहिलोपटक व्यावसायिक प्रवर्द्धनका लागि फ्रान्चाइजीको अवधारणा लिएर आएको छ ।

डिजी पे मा व्यवसायीहरूले न्यूनतम लगानी गरी एक वर्षभित्रै प्रतिफल प्राप्त गर्नुका साथै प्राविधिक दक्षताबिना आबद्ध हुनसक्ने छन् । भौगोलिक क्षेत्रमा निर्धारित तथा विशेष अनि भिन्न आम्दानीको स्रोतको रूपमा उच्चतम नाफा आर्जन गरी सामाजिक सम्मान पाउन सक्ने कम्पनीको विश्वास छ ।

डिजी पे, स्थानीय व्यवसाय साझेदार आबद्ध योजनामार्फत विभिन्न व्यवसायीहरू सँग फ्रान्चाइजीको सहकार्य गरेको छ र थप विस्तारका लागि अन्य फ्रान्चाइजीहरु समेत आह्वान गरिरहेको जानकारी गराएको छ । फ्रान्चाइजीहरूको मुख्य कार्य, व्यवसायीहरूलाई विभिन्न सेवा तथा सुविधा प्रदान गरी डिजी पे मा निःशुल्क आबद्ध गराउनु हो ।

यसका लागी डिजी पे ले विभिन्न संस्थासँग हातेमालो गरी नौलो र विशेष सेवा तथा सुविधा ल्याएको छ । यस योजना अन्तर्गत फ्रान्चाइजीहरूले डिजी पे सँगको सहकार्यबाट कम्पनिले प्रदान गरेको टार्गेट पुरा भएको अवस्थामा प्रति महिना रु.४ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाउन सक्ने कम्पनिका अध्यक्ष दिवाकर बहादुर पाण्डेले बताए ।

डिजी पेमा व्यवसायीहरूले निःशुल्क आबद्ध भई विभिन्न सेवा तथा फाइदाहरु प्राप्त गरी बजार विस्तार र प्रचार प्रसारबाट उच्च मुनाफा आर्जन गर्न सक्नेछन् । आबद्ध हुँदा रु.५०० टपअप र सेवा शुल्कमा छुट, नेपालकै नं एक न्युज टेलिभिजन च्यानल ए.बि.सि न्युज मार्फत विशेष सहुलियतमा विज्ञापन प्रशारण, राष्ट्रिय दैनिक पत्रिका द नेपालटप मार्फत विज्ञापन, स्टार हस्पिटलको रु.८२५ को दुई वटा ओ.पी.डी. टिकट साथै बेड तथा स्वास्थ्य परीक्षणमा विभिन्न छुट, 21st Tech को Digital Marketing /App Develop मा विशेष छुट, Binav Creation को Social Media Content Creation  मात्र रु.१५,००० मा साथै डेलिभरी पार्टनर Easy Carrier बाट एकै दिनमा Pick up and Drop, तथा अन्य सेवाहरु प्राप्त गर्न सक्ने जनाइएको छ ।

यस व्यवसाय आबद्ध योजना अन्तर्गत व्यवसायीहरूले निम्न फाईदाहरु प्राप्त गर्न सक्ने छन् ।

१. टपअप र सेवा शुल्कमा छुट

डिजी पेको सौजन्य रु.५०० आफ्नो डिजी पे मोबाइल एपमा नि:शुल्क टपअप गरी सो बराबरको रु.२५,००० सम्मको कारोबार ०% सेवा शुल्कमा गर्न सकिने छ ।

२. अब टिभीमा विज्ञापन सबैको लागि

नेपालकै नं एक न्युज टेलिभिजन च्यानल ए.बि.सि न्युज मार्फत विशेष सहुलियतमा २ महिना सम्म रु.१ लाख ५० हजार बराबरको विज्ञापन टेलिभिजन मार्फत प्रसारण गर्ने ।

३. व्यवसायी स्वास्थ्य कवच

ललितपुर सानेपा स्थित स्टार हस्पिटलको सौजन्य रु.८२५ को दुइ वटा गरी रु.१,६५० बराबर ओ.पी.डी. टिकट साथै बेड तथा स्वास्थ्य परीक्षणमा १०% र औषधि खरिदमा ५% सम्मको छुट पाउने ।

४. राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन

द नेपालटप राष्ट्रिय दैनिक पत्रिकाको सौजन्य वार्षिक ग्राहकमा ५०% तथा वर्गीकृत विज्ञापनमा ७५% छुट र ६० अअ अययिच विज्ञापन मात्र रु.१५,००० मा गर्नुहोस् र अझै मुनाफा कमाउन सकिने ।

५. Digital Marketing / App Develop

21st  Tech को सौजन्य फेसबुक, इन्सटाग्राम जस्ता सोसियल मिडियाहरुमा प्रिमियम प्याकेजको ५०% सम्म छुट तथा अन्य सेवाहरु (App/Web Develop) बाट आफ्नो व्यवसायलाई नयाँ उचाई दिन सकिने ।

६. Social Media Content Creation

सामाजिक संजालमा अहिले चलेको रु.२५,००० भन्दा बढी पर्ने Reels & Shorts Videos, Binav Creations को सौजन्य मात्र रु.१५,००० मा बनाउन सकिने ।

७. एकै दिनमा Pick up and Drop

डेलिभरी पार्टनर Easy Carrier बाट एकै दिनमा Pick up and Drop मात्र रु.१०० मा गर्न सकिने ।

८. Loyalty Points को विशेष पत्रिका

डिजी पेको सौजन्य प्राप्त सिलवर/गोल्ड क्यास (लोयलटि पोइट) बाट डिजी पेको वर्गीकृत पत्रिका,विभिन्न मिडियाद्वारा आफ्नो सेवा/सामानमा गोल्डक्यास अफरको विज्ञापन, प्रचार प्रसार गरी ग्राहक आकर्षित गर्ने र अझै मुनाफा कमाउने ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK