काठमाडौं । इसेवा मनी ट्रान्सफरले विदेशबाट बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो ।
कम्पनीले ‘मेरो डिजिटल देश’ अभियान मार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढेदुई तलाको घर दिने घोषणा गरेको थियो । कम्पनीले असोज ७ गतेदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरूमध्येबाट गोलाप्रथामार्फत केही दिनमा विजेता सार्वजनिक गर्ने जनाएको छ ।
कम्पनीले अभियान अवधिभर हरेक महिना एक जनालाई आकर्षक उपहार दिँदै समेत आएको थियो । विश्वका दुईसय भन्दा धेरै मुलुकबाट रेमिटेन्स भित्राउँदै आएको इसेवा मनि ट्रान्स्फरले ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर प्रदान गर्ने भएको छ ।
अभियानका विषयमा इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले विदेशबाट नेपालीले पठाउने रेमिट्यान्सको लागत कम गर्न डिजिटल रेमिट्यान्समार्फत ‘मेरो डिजिटल देश’ अभियान सफलता पूर्वक सम्पन्न भएको बताए । उनले भने ‘हामीले जुन उदेश्यका साथ यो अभियान सञ्चालन गरेका थियौँ, यसमा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो । यस अभियानले डिजिटल रेमिट्यान्स्लाई बढाउन हामीलाई थप हौसला मिलेको छ ।’ साथै उनले थपे ‘इसेवा मनी ट्रान्सफरले नेपालीहरुले नेपालमा रेमिट्यान्स पठाउँदा लागत कम गर्न जुन अभियान सुरू गरेको थियो, यसमा हामी सफल भएका छौँ ।’
इसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख १२ हजार भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्