काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले बैशाख २७ गते बुधबार सपथ ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष नेपाल बीमा प्राधिकरणको कार्यालय कुपण्डोल, ललितपुरमा सपथ ग्रहण गरेका हुन् ।
उक्त अवसरमा नव निर्वाचित अध्यक्ष हेमराज ढकालले नेपाल बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गरे ।
साथै, सोही अवसरमा नेपाल बीमा प्राधिकरणका अध्य्क्षबाट हेम राज ढकाललाई सफल कार्यकालको लागि शुभकामना दिए ।