काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेश्रो त्रैमाससम्ममा १८ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७९ प्रतिशतले बढी हो ।
त्यस्तै, यस आवधिमा कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बिमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ४४ करोड ७३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । आघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २२ प्रतिशतले बढी हो ।
यस्तै, कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको १ अर्ब ४० करोड चुक्ता पूँजी रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको चुक्ता पूँजी १०० प्रतिशतले बढी हो ।
साथै, यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड ५ लाख रुपैयाँ संचिती रहेको छ भने कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ ।
यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६९ पैसा रहेको छ । त्यसतै, प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्