काठमाडौं । प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला २०८० यहि जेठ १७ गतेदेखि आयोजना हुने भएको छ ।
‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’ भन्ने मुख्य नारा सहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समुह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी ब्राण्डहरुलाई आम उपभोक्ताहरुकोबीचमा परिचित गराउने र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरुको रुची जगाउने उद्देश्यका साथ देशका प्रमुख सहरहरुमा विभिन्न खालका मेला महोत्सवहरु आयोजना गर्दै आईरहेको छ ।
यसै सिलसिलामा यही २०८० जेष्ठ १७ गते देखि आषाड १७ गते सम्म बागमती प्रदेश ललितपुर जिल्लाको प्रमुख सांस्कृतिक सहर ललितपुर महानगरपालिका अन्तर्गत जाउलाखेल मैदानमा प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना हुने भएको हो ।
मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरु किरण शुज म्यानुयाक्चर्सको उत्पादन गोल्डस्टार, रोयल शु इन्डस्ट्रिजको उत्पादन रोयल शुज, बेस फुटवेयरको उत्पादन बीएफ डियर हिल र वीबएफ स्पोर्ट, लालीगुराँस फुटवेयरको क्रस रोड शुज, शुभकामना फुटवेयरका फस्टवाक शुज, नमस्ते फुटवेयरको सिल, सुरभी पोलिमर्सको हाई लाइफ, केटीएम शुजको केटीएम, डीजे शुजको डीजे शुज गरी ९ वटा कम्पनी र ब्रान्डहरुको सहभागिता रहनेछ ।
त्यस्तै, मेलामा ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरु उपलब्ध हुनेछन् । मेलामा नेपाली र गुणस्तरीय उत्पादन रहनेछन् भने नयाँ उत्पादनहरु उक्त मेलामा लञ्च गरिने जनाइएको छ ।
मेला अवधिभर विषेश छुटको व्यवस्था गरिनेछ । न्यूनतम २० प्रतिशतदेखि कतिपय उत्पादनहरुमा ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइनेछ ।
मेला अवधिभरमा ३ लाख अवलोकनकर्तालाई अवलोकन गराउने लक्ष्य राखिएको छ । मेला अवधिभरमा ५ करोडको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ भने मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्