Skip to content
LAXMI SUNRISE BANK

खल्तीद्वारा नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा क्यासब्याक र वानप्लस ११ जित्ने मौका

अर्थ सरोकार

काठमाडौं । ‘खल्ती’ ले नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम खल्ती बाट भुक्तानी गर्ने प्रयोगकर्ताका लागि अफर ल्याएको छ । यस अफर अन्तर्गत प्रयोगकर्ताले हरेक लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा एक हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नुका साथै वानप्लस ११ जित्ने मौका पाउने खल्तीले जनाएको छ ।

यो अफर खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत पर्दछ जहाँ खल्तीबाट आफ्नो नेपाल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ता मध्ये एक भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप वानप्लस ११ स्मार्टफोन, हरेक हाप्ता स्मार्ट टिभी, स्मार्टब्याण्ड, ‘खल्ती प्रो’ को मेम्बरशिप जित्न सक्नेछन् ।

साथै, खल्ती प्रयोगकर्ताले कुनै पनि दुई सेवाको भुक्तानी गरी ‘द बिगेस्ट पेमेन्ट जात्रा’मा सहभागिता जनाउँदै पल्सर एन१६० जित्न पनि योग्य हुने खल्तिले जनाएको छ । साथै, प्रयोगकर्ताहरूले आफ्नो बीमा प्रिमियम वा रु. १०० भन्दा माथिको कुनै भुक्तानीमा करोडौँको उपहार र कुपनहरू भएको scratch कार्ड प्राप्त गर्नेछन् ।

यस अफरका बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्का भने, ‘खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत उपलब्ध गरेको बिभिन्न अफरले प्रयोगकर्ताहरुलाई डिजिटल भुक्तानीप्रति आकर्षित गर्ने कुरामा हामी विश्वस्त छौँ । यसका साथै अनलाइन भुक्तानी गर्न रुचाउने भएकाले यस अभियानमा विषेश अफरहरु प्रदान गर्दैछौँ ।’

नेपाल लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई रु. १००० क्यासब्याक जित्ने अफर जेष्ठ ३२ सम्म मान्य हुनेछ भने बाँकी बम्पर उपहारहरु प्रयोगकर्ताहरुले असार ३१ गतेसम्म जित्न सक्नेछन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK