×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘फिल्म’ देखाउन प्रचण्डलाई ओलीको चुनौती

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘फिल्म’ देखाउन प्रचण्डलाई ओलीको चुनौती

Artha Sarokar

२५ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमााडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ‘फिल्म’ देखाउन चुनौती दिएका छन् । सोमवार पार्टी कार्यलयमा युवा संघको कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

‘उहाँलाई कार्यकर्ताले दुवोका माला लगाइदिए । त्यसपछि भन्नुभयो, यो त ट्रेलर मात्रै हो । फिल्म आउँदैछ, सिंगै फिल्म आउँदैछ भन्नुभयो । तपाईंको सिनेमाहलमा फिल्म कहिलेदेखि लाग्छ प्रचण्डजी ?’, प्रश्न गर्दै ओलीले भने, ‘सँधै टेलर मात्र किन ? सिनेमा चलाउनुस्, किन हल रित्तै ? सञ्चारमाध्यममा फिल्म आइराख्या छ, तपाईं किन चुप ? देखाउनुस त फिल्म ।’

त्यस्तै, उनले प्रचण्ड दुनियाँ लट्पटाउन सिपालु रहेको आरोप समेत लगाएका छन् । ‘केही मान्छेहरुलाई बदनाम गर्ने उहाँहरुको चेष्टा छ । उहाँहरु अगाडि देखि लागिरहनुभएको छ । प्रधानमन्त्री भ्रष्टाहरुलाई जोगाउने र प्रतिपक्षीलाई अनावश्यक रुपमा पोल्न लगाउने र मुद्दामा फसाउने प्रयासमा हुनुहुन्छ प्रचण्डलाई जनताले चिनेकै छैन जस्तो गरेर, सेतो वस्त्र लगाएको, दुधले नुहाएको पवित्र अवतारका साथ मिडियामा प्रस्तुत हुन खोज्नुभो । म कसैको दवाव मान्दिनँ भन्नुभयो । के मैले उहाँलाई दवाव दिएको थिएँ ?’, ओलीले भने, ‘मैले दवाव दिएको जस्तो पार्न खोज्नुभयो । उहाँ दुनियाँ लट्पटाउन सिपालु हुनुहुन्छ ।’

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी