काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो झोर विस्तारित काउन्टरमा झोरकै पहिलो एटिएम सञ्चालनमा ल्याएको छ ।
झोरमै पहिलो पटक स्थापित कुमारी बैंक लिमिटेडको एटिएमको उद्धघाटन टोखा नगरपालिका वडा नं १ झोरका वडा प्रमुख रमेश कुमार लामिछानेद्वारा सम्पन्न गरिएको हो । सोही उद्धघाटन समारोहमा वडा प्रमुख लामिछानेले कुमारी बैंकको एटिएमले झोरका वासिन्दाहरुलाई विद्युत्तिय माध्यमद्वारा कारोबार गर्न उत्प्रेरित गर्नुका साथै झोर क्षेत्रलाई पर्यटकिय गन्तव्य बनाउनका लागि थप टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
टोखा नगरपालिका वडा नं १, झोर क्षेत्र यहाँ अवस्थित बौद्धेश्वर महादेवको मन्दिर तथा झरनाका कारण अहिले काठमाडौंकै एक प्रमुख पर्यटकिय आकर्षणको केन्द्र बन्दै गएको छ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिंदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ ए.टि.एम. तथा ६२ शाखा रहित बैंकिङ ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्