×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मानुषी लघुवित्तको गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मानुषी लघुवित्तको गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Artha Sarokar

२६ बैशाख २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मानुषी लघुवित्तले सानो गौचरन शाखा अन्तर्गतको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य राख्दै संस्थाले निम्न वर्गीय महिलाको दैनिकीमा पारेको प्रभावबारे प्रकाश पारिन् । काठमाडौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष प्रमुख अतिथि रहेको कार्यक्रममा वक्ताहरुले महिला उद्यमशिलताको विकासका लागि लघुवित्तले सहजिकरण गरी समाजमा महिलाको आर्थिक स्तर उकास्न अहम भूमिका खेलेको बताए ।

कार्यक्रममा संस्थामा आबद्ध महिलाहरुले आफ्नो सीप प्रयोग गरी बनाएका विभिन्न सामानहरुको प्रदर्शनी समेत गरिएको थियो साथै उत्कृष्ट उद्यमी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट केन्द्र प्रमुख तथा ज्येष्ठ नागरिकलाई सम्मान पनि गरिएको थियो ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको संस्था हो । हाल लघुवित्तले देशभर १४ जिल्लामा ३६ शाखामार्फत ३४ हजार ४ सय ३२ सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी