Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंक लिमिटेडद्वारा विद्यालय भवन हस्तान्तरण 

अर्थ सरोकार

काठमाडौं । नेपाल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको आर्थिक सहयोगमा बारा जिल्ला परवानीपुर गाउँपालिका वडा नं. ४, चैनपुरमा निर्माण गरिएको विद्यालय भवन नेपाल राष्ट्रिय आधारभुत विद्यालयलाई मिति २०८० वैशाख २९ गते शुक्रबार हस्तान्तरण गरेको छ ।
नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी तथा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीबाट संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी उक्त विद्यालय भवन हस्तान्तरण गरिएको हो । उक्त समारोहमा नेपाल बैंक लिमिटेडका मधेश प्रादेशिक कार्यालयका प्रमुख प्रदिप कुमार पाठकको सभापतित्वमा सम्पन्न भएको थियो ।
परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी प्रमुख अतिथी र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा परवानीपुर गाउँपालिकाका उपाध्यक्ष सुगान्धी देवी, प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार, परवानीपुर गा.पा. वडा नं. ४ का अध्यक्ष गम्भीरा राउत कुर्मी तथा विद्यालयका प्रधानाध्यापक मदन प्रसाद कुर्मी विशेष अतिथिको रुपमा रहेका थिए ।
परवानीपुर गाउँपालिका वडा नं. ४ का पुर्व अध्यक्ष राजेन्द्र प्रसाद पटेल, नेपाल राष्ट्रिय आधारभुत विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष राम ठाकुर तथा राष्ट्रिय वाणिज्य बैंक मधेश प्रादेशिक कार्यालयका उप प्रमुख सन्ध्या सिंह लगायतका अतिथिहरुले उक्त कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
आदर्शनगर शाखाका शाखा प्रबन्धक कमल रेग्मी र विद्यालयका शिक्षक रोशन यादवले संयुक्त रुपमा संचालन गरेको उक्त कार्यक्रममा विद्यालय क्षेत्र आसपासका विभिन्न पेशा व्यवसायीहरु, विभिन्न संघसंस्थाका कार्यालय प्रमुख एवं कर्मचारीहरु, स्थानीय समाजसेवी, तथा सर्वसाधरणका साथै नेपाल बैंक लिमिटेडको मधेश प्रदेश अन्तर्गतका अधिकांश शाखाका शाखा प्रबन्धक लगायत अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले बैंकले विभिन्न क्षेत्रहरुमा छरिएर रहेको निक्षेप संकलन गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुका साथै देशको आर्थिक विकासमा योगदान गर्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व समेत जिम्मेवार ढंगले बहन गरिरहेको बताएका थिए ।
साथै २०७५ चैत्र १७ आइतबार बेलुका हावा हुण्डरी (टोर्नाडो) ले बारा जिल्ला परवानीपुर गाउँपलिका वडा नं. ४, चैनपुरमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा पुर्ण रुपमा क्षति पुगेको समाचार प्राप्त हुनासाथ बालबालिकाहरुलाई अध्ययनमा पुग्न सक्ने बाधा व्यवधानलाई मध्यनगर गरी तत्काल प्रक्रिया अगाडि बढाइएको र २०७६ बैशाख २९ मा बैंकद्वारा रु ५० लाख सहयोग गर्ने निर्णय गरिएको समेत जानकारी गराएका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK