काठमाडौं । नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा ‘नेपाल बिजनेस समिट २०२३’ आयोजना हुने भएको छ । वैशाख २४ गते संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) तथा नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको सीबीफीनले जनाएको छ ।
सरकार र निजी क्षेत्रबीचको दुरी कम गर्दै उद्यमी व्यवसायी र बैंक, वित्तीय क्षेत्रको मनोवल बढाउन सिखर सम्मेलन आयोजना गर्न लागिएको सीबीफीनले जनाएको हो ।सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवनकुमार गोल्यानले उद्योगी, व्यवसायी र बैंक तथा वित्तिय संस्थाले भोग्दै आएका समस्याहरु समाधानका लागि पहल गर्न र वित्तीय संस्थाबारेको भ्रम निवारण गर्न बिजनेस समिट आयोजना गर्न लागिएको जानकारी दिए । उनले पछिल्लो वित्तीय चुनौतीले उद्योगी व्यवसायी र बैंक वित्तीय संस्थाबीचको दुरी बढ्दै जाने सम्भावना रहेको बताउँदै कृषि, पर्यटन, ऊर्जा, नियार्त क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले शिखर सम्मेलनले ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने बताए । सम्मेलनले लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी-व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरु समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवर्द्धन गर्ने र सोका लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पुर्याउने उद्देश्य राखेको उनले बताए ।
सम्मेलनमा अर्थमन्त्री डा. प्रकाश शरण महत, विश्व बैंक समूहको इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) का एसिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेन्टका सल्लाहकार कमर सलिम, उद्योगि तथा प्रतिनिधिसभा सदस्य विनोदकुमार चौधरी, अर्थशास्त्री तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायका वक्ताले सम्बोधन गर्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्