Skip to content
LAXMI SUNRISE BANK

जेठ ४ गतेदेखि ‘नेपाल चेम्बर एक्सपो-२०२३’ आयोजना हुने

अर्थ सरोकार

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले जेठ ४ गतेदेखि ‘नेपाल चेम्बर एक्सपो-२०२३’ आयोजना गर्ने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा जेठ ८ गतेसम्म प्रदर्शनी चल्ने छ। विगतका राजनीतिक उपलब्धिहरुलाई आत्मसात गर्दै नेपाल अब आर्थिक समृद्धितर्फ उन्मूख हुँदै गइरहेको परिपेक्षमा राष्ट्रको सर्वाङ्गिण विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य देखिएकाले यो प्रदर्शनी आयोजना गर्न लागिएको चेम्बरले जनाएको छ ।

देशको समग्र विकास, निजी क्षेत्रको सशक्तीकरणबाट मात्र सम्भव हुने मूलमन्त्र लिई आयोजना गर्न लागिएको प्रदर्शन निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनहरुमा सहभागितासँग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्देश्य हो ।

पछिल्ला पाँच संस्करणहरुको सफलतापूर्वक आयोजना गरिसकेपछि चेम्बरले मेलाको छैटौँ संस्करणमा व्यापारिक अन्तर्क्रिया, आयात/निर्यातको सूचना आदान/प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको छ ।

मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको समेत प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न नेपाली उद्योगी/व्यवसायीलाई सहयोग मिल्ने आयोजकको विश्वास रहेको छ ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिनेछ । निकासी अभिवृद्धि गर्ने उद्देश्य लिई चेम्बरले यस प्रदर्शनीमार्फत निकासीयोग्य वस्तुको प्रवर्द्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमीसमेत गर्ने उद्देश्य राखेको छ।

मेलामा १५० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । जसमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनी तथा उद्योगी/व्यवसायीको सहभागिता रहनेछ । नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश, तथा अन्य मुलुकमा उत्पादित सामग्री एक्स्पोमा रहनेछन् र धमाधम स्टलहरु बुकिङ भइरहने क्रम जारी छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK